×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जः दुर्लभ पन्छीदेखि वन्यजन्तुको रोजाईको केन्द्र (तस्विरहरु) 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जः दुर्लभ पन्छीदेखि वन्यजन्तुको रोजाईको केन्द्र (तस्विरहरु) 

कुलराज चौधरी

२ बैशाख २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पश्चिम तराईको कञ्चनपुर जिल्लास्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पछिल्लो समय पर्यटकका लागि मात्र होइन, दुर्लभ पन्छी र वन्यजन्तुका लागि पनि रोजाईको केन्द्र बनेको छ । खासगरी बाह्रसिंङ्गेका लागि प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अहिले दुर्लभ पन्छीहरुका लागि पनि प्रसिद्ध बनेको छ । 

वर्षायाम सुरु हुन लागेसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नेपालमै दुर्लभ मानिने इग्रेट, ब्ल्याक विङ्गड स्टिल्ट, कमन स्नाइप, युरोपियन स्टोनच्याटजस्ता पन्छीहरु देखिन थालेका छन् । यी पन्छीहरु नेपालमा दुर्लभ मानिन्छन् । 

यी पन्छीहरु आहारा र सुरक्षित बासस्थानको खोजीमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पुगेको पन्छीविद्हरुले बताएका छन् । दुर्लभ पन्छीहरु पनि देखि थालेपछी अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पन्छी अवलोकन पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरु पनि बढेका छन् । यसले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै कैलाली/कञ्चनपुरसहित सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा पनि योगदान पुगेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ पन्छीसँगै गिद्ध, चिल, बाह्रसिङ्गे, मृग, हात्ती, बाघ, लगायतका जङगली जनावरहरु पनि देख्न सकिन्छ । (तस्विरः अर्थ सरोकार डटकमकुलराज चौधरी)

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी