काठमाडौँ । नियामक नेपाल राष्ट्र बैंकले मुक्तिनाथ बिकास बैंकका निवर्तमान अध्यक्ष भरतराज ढकाललाई कारवाही गरेको विषयमा मुक्तिनाथ बिकास बैंकका केहि कर्मचारीहरुले नियोजित रुपमै अर्थ सरोकारमा ‘बदनियतपूर्ण भ्युअर्स कल’ गरेको पाइएको छ । आफ्नो बैंकको समाचार हटाउने ‘बदनियत’ राखेर बैंकका ४ जना फरक फरक कर्मचारीले अर्थ सरोकारको हटलाइनमा कल गर्दै आफुले मुक्तिनाथ बिकास बैंकको समाचार पढेको, आफु सामान्य समाचारको पाठक भएको र सो समाचार गलत भएको दाबी गर्दै तारान्तर एकै नम्बरबाट ‘बदनियतपूर्ण भ्युअर्स कल’ गरेका हुन् । जवकि, उनीहरु उनीहरुले भनेजस्तै सामान्य भ्युअर्स नभएर मुक्तिनाथ बिकास बैंककै कर्मचारी थिए ।
बैंकको ०१५९७०८८७ नम्बरबाट दिउँसो १ बजेर ३६ मिनेट, एक बजेर ३७ मिनेट, १ बजेर ३९ मिनेट र १ बजेर ४२ मिनेटमा आफुले अर्थ सरोकारमा मुक्तिनाथ बिकास बैंकका पूर्व अध्यक्षको बारेमा राष्ट्र बैंकको कारवाहीसम्बन्धि समाचार पढेको र सो समाचार गलत भएको दाबीसहित बैंकका कर्मचारीले ‘बदनियतपूर्ण भ्युअर्स कल’ गरेका हुन् ।
अर्थ सरोकारमा फोन गर्नेहरुले एकै नम्बरबाट कल गरेका थिए भने एक एक मिनेटको अन्तरालमा फरक फरक मान्छे बोलेका थिए । उनीहरुले आफ्नो अध्यक्षलाई राष्ट्र बैंकले गरेको कारवाही गलत भएको दाबी गरेका थिए । जवकि, सो कारवाहीको विवरण राष्ट्र बैंकले नै सार्वजनिक गरिसकेको छ ।
कल गर्ने कर्मचारीमध्येका एक कर्मचारीले बेलुकी कार्यालय समयपछि अर्थ सरोकारमा फोन गरेर बैंककि ब्राण्ड एण्ड कम्युनिकेसन विभागकी नम्रता नाम गरेकी कर्मचारीको योजनामा त्यसरी कल गरिएको र सो कामका लागि आफु माफी चाहाने भन्दै फोन गर्दै यस्तो रहस्य बाहिर ल्याएका हुन् । ‘भ्युअर्स बनेर कल गर्ने र समाचार हटाउन अनुरोध गर्ने भन्ने प्लान बनाएर कल गरिएको थियो । तर मिडियाले त सबै कल रेकर्ड गरेको हुन्छ भन्ने दिमागमा आयो । भोलि सो कल एक्सपोज भयो भने करियरमै अफ्ट्यारो पर्छ भन्ने सोचेर माफी माग्न फोन गरेको हो । मेरो नाम गोप्य राखिदिनुहोला, तर यो सब नम्रता म्यामको योजनामा भएको हो । सायद उहाँले आफैं यस्तो सोच्नुभयो वा माथिको आदेश हो, थाहा भएन ।’ मुक्तिनाथका एक कर्मचारीले अर्थ सरोकारसँग भने ।
यता यस विषयमा बुझ्न विभागकी कर्मचारी नम्रता गौतमलाई फोन गर्दा उनले फोन नै उठाईनन् । उनको फोन नउठेपछि हामीले उनलाई एसएमएस गर्यौँ । र पनि उनको प्रतिक्रिया आएन । ‘अंग्रेजी नबुझेर हो कि’ भनेर हामीले नेपालीमा पनि एसएमएस गर्यौँ, तर यति गर्दा पनि उनको फोन उठेन । त्यसपछि हामीले यस विषयमा बैंकका सूचना अधिकारी तिल बहादुर गुरुङलाई फोन गर्यौं । उनले पनि हाम्रो फोन उठाएनन् भने एसएमएस मार्फत प्रतिक्रिया माग्दा पनि प्रतिक्रिया दिएनन् ।
बिहिबार अर्थ सरोकारले प्रकाशित गरेको मुक्तिनाथ बिकास बैंकका तत्कालीन अध्यक्षमाथिको कारवाहीको समाचारपछि बैंकका सूचना अधिकारी तिल बहादुर गुरुङले आफ्ना अध्यक्षमाथि कारवाही भएको सत्य भएको तर, नगद जरिवाना भने नगरिएको भन्दै एसएमएस पठाएका थिए । त्यसपछि नम्रता गौतमको फोन आएको थियो । त्यसपछि निरन्तर ‘भ्युअर्स कल’का नाममा नक्कली ‘बाहिरका सामान्य मान्छे’ बनेर बैंककै कर्मचारीले एउटै ल्याण्डलाइन नम्बरबाट फोन गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्