Skip to content
LAXMI SUNRISE BANK

सेयर विश्लेषक बन्न परीक्षा दिनुपर्ने नियम ल्याउँदै धितोपत्र बोर्ड, फेक आइडी बनाएर ‘रोइलो’ गर्नेमाथि कारवाहीको डन्डा चलाइँदै !

अर्थ सरोकार

काठमाडौँ । सेयर बजारको नियामक नेपाल धितोपत्र बोर्डले सेयर विश्लेषक बन्न परीक्षा दिनुपर्ने नियम ल्याउने तयारी गरेको छ । बजारमा छ्यापछ्याप्ती विश्लेषकहरु हुन थालेपछी बोर्डले यस्तो तयारी थालेको हो । 

स्वघोषित विश्लेषकका कारण बजार आफ्नै लयमा चल्न नसकेको भन्दै बोर्डमा उजुरी दिनेहरु बढेपछि त्यसको दीर्घकालीन समाधानका लागि बोर्डले विश्लेषक बन्न परीक्षा दिनुपर्ने नियम ल्याउने तयारी गरेको बोर्डका एक उच्च अधिकारीले बताएका छन् । 

ती अधिकारीका अनुसार सेयर विश्लेषकलाई नियमन गर्ने गरी नियम ल्याउने तयारीबारे बोर्डमा छलफलसमेत भएको छ । तर, नियममा के के राख्ने ? भन्ने विषय टुंगो लागिसकेको छैन । ‘छिट्टै निष्कर्षमा पुग्नेछौँ ।’, ती अधिकारीले भने, ‘मूलतः सेयर विश्लेषक बन्न परीक्षा दिनुपर्ने र परीक्षामा पास भए सेयर विश्लेषकको सूचीमा राख्नेगरी नियमावली बनाउने भन्ने कुरो छ, तर टुंगो लागिसकेको भने होइन ।’ 

यसो त पछिल्लो समय क्लब हाउस, फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जाल प्लेटफर्ममार्फत बजारमा म्यानुपुलेसन गर्नेगरी अभिव्यक्ति दिने, कारोबार समयमै लाइभ बसेर लगानीकर्तालाई म्यानुपुलेट गर्नेहरु बढेपछि बोर्डमा थुप्रै उजुरी परेका छन् । हरेक दिन उजुरी दिनेको संख्या बढेपछि बोर्डले सामाजिक सञ्जालमार्फत बजार म्यानुपुलेट गर्नेमाथि निगरानी बढाएको थियो । यतिसम्म की केही समयअघि बोर्डले साइबर ब्युरोको सहयोग लिएर बजारबारे भ्रम फैलाउनेलाई कारवाही गर्ने तयारी गरेको थियो ।

तर, हाल भने बोर्डले यस्ता गतिविधिलाई नियन्त्रण भन्दा पनि नियमन गर्ने रणनीति अनुसार सेयर विश्लेषकलाई लक्षित गर्दै नियमावली बनाउने तयारी गरेको छ । यद्यपि फेक अकाउन्ट बनाएर सेयर बजारबारे भ्रम फैलाउने, बजारमा म्यानुपुलेसन गर्ने तथा उपद्रो मच्चाउनेमाथि भने कारवाहीको डन्डा चलाउने तयारी गरेको बोर्डका अधिकारीहरुले बताएका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK