काठमाडौँ । नयाँ वर्ष २०८२ बैशाखका लागि तीन वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । बैशाखका लागि २० वाणिज्य बैंकहरुले प्रकाशित गरेको ब्याजदरअनुसार तीन बैंकले ब्याजदर घटाएका हुन् ।
ब्याजदर घटाउनेमा कुमारी बैंक, सानिमा बैंक र नेपाल बैंक छन् । यी बैंकहरुले बैशाखका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर क्रमशः ०.०९ प्रतिशत, ०.१ प्रतिशत र ०.३५ प्रतिशतबिन्दुले घटाएका छन् । बैशाखमा एभरेष्ट बैंकले भने ब्याजदर बढाएको छ । बैंकले बैशाखमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.६१ प्रतिशतबिन्दु बढाएको हो ।
यी बाहेक अन्य १६ वटा वाणिज्य बैंकहरुले भने ब्याजदर यथावत् राखेका छन् । अर्थात, १६ वाणिज्य बैंकहरुले बैशाखमा चैत महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । औसतमा भने २० वाणिज्य बैंकहरुमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.००३५ प्रतिशत बिन्दुले बढेको छ ।
त्यस्तै, बैशाखामा संस्थागत मुद्दती निक्षेपको ब्याजदर औषमा ०.०६४ प्रतिशतबिन्दुले घटेको छ । एभरेष्ट बैंकले भने संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर बढाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्