काठमाडौँ । काठमाडौँ जारी शिक्षकहरूको आन्दोलनमा आइतबार झडप भएको छ । यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले आज निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो ।
झडपमा केही शिक्षक घाइते भएका छन् । उनीहरुलाई सिभिल अस्पताल लगिएको छ । शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गरेको थियो। बल प्रयोगपछि शिक्षकहरूले पनि ढुङ्गामुढा गर्न थालेका थिए । प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहरा समेत प्रयोग गरेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः