×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘गणतन्त्र दिवसकै दिन बाटो छेकेर जात्रा देखाइयो’ 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘गणतन्त्र दिवसकै दिन बाटो छेकेर जात्रा देखाइयो’ 

Artha Sarokar

१५ जेष्ठ २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गणतन्त्र दिवसकै दिन विभिन्न पक्षले प्रदर्शनका नाममा बाटो छेकेर जात्रा देखाएको भन्दै नागरिकहरु आक्रोशित बनेका छन् । गणतन्त्र दिवस मनाउने भन्दै एमाले र राजावादीहरुले प्रदर्शनका नाममा बाटो छेकेको भन्दै नागरिकहरु आक्रोशित बनेका हुन् ।

उनीहरुले ‘गणतन्त्र कसका लागि हो ?’ भन्दै उल्टै नारा लगाएका थिए । 

हाल रत्नपार्कमा राजावादी र भृकुटीमण्डप क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनलाई लक्षित गर्दै सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रदर्शनका कारण शान्तिबाटिका क्षेत्रको सडक दोहोरो तर्फबाट बन्द गरिएको छ । 

सडक नै बन्द गरेर आन्दोलन गर्दा गरिखाने मजदुर तथा अन्य नागरकलाई सास्ती भएको नागरिकहरुको गुनासो छ । उनीहरुले गणतन्त्र दिवसकै दिन बाटो छेकेर नागरिकको अधिकार खोसिएको भन्दै आक्रोश पोखेका छन् ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी