×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजेटः सेयर बजारलाई नराम्रो केही नआएपछि लगानीकर्ता उत्साहित, क्यापिटल गेन ट्याक्स अन्तिम हुने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बजेटः सेयर बजारलाई नराम्रो केही नआएपछि लगानीकर्ता उत्साहित, क्यापिटल गेन ट्याक्स अन्तिम हुने !

Artha Sarokar

१५ जेष्ठ २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सेयर बजारलाई प्रभाव पार्ने नराम्रो केही नआएपछि सेयर लगानीकर्ता उत्साहित बनेका छन् । यसअघि पूँजीगत लाभकरलाई बढाएर १० प्रतिशत पुर्याउने तयारी गरेको सरकार अन्तिम समयमा सो निर्णयबाट ‘ब्याक’ भएपछि लगानीकर्तामा रहेको पूँजीगत लाभकर १० प्रतिशत पुग्ने त्रास टरेको छ । 

यसअघि बजेट प्रस्तुत गर्ने अन्तिम समयसम्म पनि पूँजीगत लाभकर बढाउने तयारीमा रहेको सरकार सेयर लगानीकर्ता आन्दोलनमा उत्रने देखेपछि सो निर्णयबाट पछि हटेको स्रोतको दाबी छ । 

अर्कोतर्फ सेयर कारोबारमा पूँजीगत लाभकर नै अब अन्तिम हुने आन्तरिक राजस्व विभाग स्रोतले बताएसँगै सेयर बजारका लगानीकर्ता थप उत्साहित बनेका छन् । 

त्यस्तै, बजेटमार्फत गैरआवासीय नेपालीहरुलाई दोस्रो बजारमा कारोबार गर्न अनुमति दिने व्यवस्था गर्ने सरकारको घोषणाले पनि सेयर लगानीकर्तालाई थप उत्साहित बनाएको छ । आगामी आर्थिक वर्ष २०८२ ८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले गैरआवासीय नेपालीलाई दोस्रो बजारमा कारोबार गर्न दिने व्यवस्था गराइने घोषणा गरेका छन् । 

समग्रमा सेयर बजारलाई नराम्रो गर्ने कुनै पनि कुरा बजेटमा नआउँदा र जति आए ती बजारकै पक्षमा देखिएपछि अहिले सेयर लगानीकर्ताहरु बजेट मात्र होइन, बजारप्रति पनि पोजेटिभ बनेका छन् । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी