काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममा पूँजी बजारलाई पनि समेटिएको छ । आगामी आर्थिक वर्षका लागि राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पूँजी बजारलाई पनि समेटिएको हो ।
नीति तथा कार्यक्रममा सेयर बजारको नियामक नेपाल धितोपत्र बोर्डलाई सुदृढीकरण गर्ने उल्लेख गरिएको छ ।
त्यस्तै, नेपाल स्टक एक्सचेञ्जलाई पुनर्संरचना गरेर पुँजी बजारको क्षमता र पारदर्शिता वृद्धि गर्ने योजना पनि नीति तथा कामर्यक्रममा समावेश गरिएको छ ।