×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजाकै पालामा असुलिन्थ्यो सेयर कारोबारमा १० प्रतिशत कर, लगानीकर्ता भन्छन्- ‘अन्तिम मानिए समस्या छैन’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

राजाकै पालामा असुलिन्थ्यो सेयर कारोबारमा १० प्रतिशत कर, लगानीकर्ता भन्छन्- ‘अन्तिम मानिए समस्या छैन’

Artha Sarokar

१३ जेष्ठ २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । यतिबेला सेयर कारोबारमा सरकारले कर बढाउन लागेको विषय चर्चामा छ । हाल अल्पकालीन कारोबारमा ७.५ प्रतिशत र दीर्घकालीन कारोबारमा ५ प्रतिशत लगाईदै आएको कर सरकारले १० प्रतिशतसम्म पुर्याउन लागेको चर्चाले सेयर बजारमा ठाउँ पाएको छ । तर यस्तो कर राजाकै पालामा पनि १० प्रतिशतसम्म रहेको पाइएको छ ।

२०५८ मै सेयर कारोबारमा १० प्रतिशत कर लिने गरी कानुनी व्यवस्था गरिएको दस्तावेज यतिबेला ‘भाइरल’ बनेको छ । २०५८ मै भएको सो व्यवस्था पछि संसोधन गरिएको र पटक पटक संसोधन गरेपछि अहिलेको व्यवस्था रहेको पाइएको हो ।

‘अन्तिम मानिए समस्या छैन’ : लगानीकर्ता

यता सेयर लगानीकर्ताहरुले भने सो करलाई नै अन्तिम कर मानिए कमाईमा १० प्रतिशत कर ठुलो कुरा नरहेको बताएका छन् । चर्चित सेयर विश्लेषक सिए मनिष अर्यालको तर्क छ- ‘धेरै बहस गर्नु पर्ने नै छैन ।मेरो कमाइको १०% सरकारलाइ बुझाउन कुनै समस्या नै होइन । पहिला पनि त्यो नियम रहेछ । यो अन्तिम कर पनि हो । लेख्न मात्र छुटेको हो ।’

यद्यपी सरकारले सेयर कारोबारमा कर थप्न लागेको विषयले नेपाली सेयर बजार प्रभावित भएको छ । फलस्वरुप नेपाल राष्ट्र बैंकले सेयर कर्जामा जोखिमभार घटाउँदा पनि सेयर बजार सो निर्णयको भोलिपल्ट घटेर बन्द भएको थियो । त्यसका केहि कारणहरुमध्ये सेयर कारोबारमा बढ्न लागेको करलाई पनि लिईएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी