×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विदेशी लगानीकर्ताले भारतको सेयर बजारमा गरे १८,६२० करोडको लगानी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

विदेशी लगानीकर्ताले भारतको सेयर बजारमा गरे १८,६२० करोडको लगानी

Artha Sarokar

८ जेष्ठ २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । विदेशी लगानीकर्तालेभारत को सेयरबजार मा १८६२० करोडको लगानी गरेका छन् । भारतको अर्थतन्त्रप्रति विश्वव्यापी लगानीकर्ताहरूको विश्वास पुनः मजबुत हुँदै गएको संकेत गर्दै, मे २०२५ मा विदेशी पोर्टफोलियो लगानीकर्ताहरूले (FPI) भारतीय शेयर बजारमा ₹१८,६२० करोडको उल्लेखनीय लगानी गरेकाहुन् । अप्रिल महिनामा मात्र भारतीय रुपैयाँ ४ हजार २ सय २५ करोडको लगानी भारतीय सेयर बजारमा बिदेशीहरुले गरेको देखिएको छ ।

भारतको स्थिर आर्थिक नीति, सुधारमुखी बजेट र आगामी निर्वाचनहरूमा सम्भावित स्थायित्वका कारण लगानीकर्ताहरू पुनः भारतीय बजारप्रति आकर्षित भएको विश्लेषकहरुको भनाई छ । ग्लोबल अनिश्चितता केही घट्दै जाँदा र अमेरिकी फेडरल रिजर्भले ब्याजदर स्थिर राख्ने संकेत दिएपछि भारतजस्ता विकासशील बजार फेरि प्राथमिकता सूचीमा परेको तर्क विश्लेषकहरुको छ। भारतमा सूचना प्रविधि, बैंकिङ, उपभोग्य वस्तु र ऊर्जा क्षेत्रहरूमा पनि विदेशी लगानी उल्लेखनीय रूपमा बढेको छ । 

यसले भारतीय बजारको दीर्घकालीन सम्भावनामा बढ्दो विश्वास झल्काउने जानकारहरु बताउँछन् । भारतीय अर्थतन्त्रको संरचनात्मक मजबुति, उद्यमशीलता प्रवर्द्धन गर्ने नीति, र विदेशी लगानीमैत्री वातावरणले भारतलाई विश्वव्यापी लगानीको गन्तव्यको रूपमा अझ बलियो बनाइरहेको छ। यदि यही प्रवृत्ति कायम रह्यो भने, निकट भविष्यमा भारतको आर्थिक वृद्धिदर थप तीव्र हुने विश्वास गरिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी