काठमाडौँ । पूर्व गभर्नर चिरञ्जीवी नेपालले अहिलेको बाफिया विधेयक जस्ताको त्यस्तै पास भए बैंकमा पैसा अझ धेरै थुप्रने भएकाले त्यसो गर्न नहुने र बैंकहरुमा सञ्चालकको संख्या ११-१२ जना हुनुपर्ने बताएका छन् ।
उनले अहिले राखिएका प्रावधान लगानी विस्तारका लगानी बाधक हुने बताउँदै त्यसलाई सच्याउन सुझाव दिएका छन् । ।
‘बैंक वित्तीय संस्थासम्बन्धि बाफिया जस्ताको त्यस्तै पास भयो भने अहिले बैंकमा पैसा थ्रुपिएको छ नि, अझै धेरै थ्रुप्रिन्छ । नियामक निकाय राष्ट्र बैंकलाई पनि आनन्द, बैंक तथा वित्तीय संस्था पनि सेल्फ नियमन गर्ने निकाय हो उसलाई पनि आनन्द हुन्छ । पैसा लैजाँदैनन् कसैले । समस्या कहाँ छ भने हामी स्पष्ट रुपमा बैंक केका लागि भनेर बुझ्न सकेनौं । बैंक हामीले किन राख्छाौं । के उद्देश्यले बैंक राख्ने ? बैंकमा लगानी किन गराउने ? यसमा नबुझि हचुवाकै भरमा कानूनहरु बनाइनु हुँदैन ।’ उनले भने ।
डिजिटल बैंकको दायरा स्पष्ट व्यवस्था गर्नुपर्ने बताउँदै उहाँले कर्जा असुली सम्बन्धि जमानकर्ता र ऋणीलाई एउटै रुपमा हेर्नुपर्ने उनको भनाई छ । सम्पत्ति व्यवस्थान कम्पनी १५/२० वर्षदेखि आएपनि लागू हुन नसकेको बताउँदै यसलाई कार्यान्वयनमा लैजान जरुरी रहेको तर्क गर्दै उनले बैंक सञ्चालकको संख्या ११-१२ जना हुनुपर्नेमा जोड दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्