×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘रफ्तार’मा ग्वार्को फ्लाइओभरको काम, जेठभित्रै गाडी गुडाइने ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘रफ्तार’मा ग्वार्को फ्लाइओभरको काम, जेठभित्रै गाडी गुडाइने ! 

Artha Sarokar

७ जेष्ठ २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ललितपुरको ग्वार्कोमा बनिरहेको ओभरपासमा यही जेठ मसान्तभित्र सवारीसाधन गुडाउन मिल्ने गरी काम भइरहेको छ । निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजनाले जानकारी दिएको छ । आयोजनाको काम जेठ १५ भित्रै सकेर सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको निर्माण कम्पनीले बताएको छ ।

ओभरपास निर्माण सम्झौताको समय सकिएर एक वर्ष म्याद थप हुँदा पनि काम पूरा नहुने देखिएपछि सडक विभागले निर्माण कम्पनीलाई गत पुसबाट हर्जाना तिराएर काम गराइरहेको छ । सम्झौताअनुसार तोकिएको म्याद २०८० फागुन १२ मा सकिएको थियो । त्यसपछि म्याद थप गरेर २०८१ पुस ८ सम्म कायम गरिएको थियो । दुई वर्षमा निर्माण पूरा गर्ने गरी आशिष–समानान्तर जेभीसँग २०७८ फागुन १२ मा सम्झौता भएको थियो ।

ओभरपास बनेपछि कलंकी-कोटेश्वर सडक खण्डमा चल्ने सवारीसाधन ओभरपासबाट र ग्वार्को–लामाटार र ग्वार्को–पाटनतर्फ चल्ने सवारीसाधन ओभरपासको सडक खण्डबाट गुड्नेछन् । ओभरपास निर्माणबाट चक्रपथको सातदोबाटो–कोटेश्वर सडक खण्ड, मंगलबजार–इमाडोल–लुभु सडक खण्डमा सवारीसाधनलाई सुरक्षित, सुगम तथा व्यवस्थित तरिकाले आवागमन गर्न सुविधा हुनेछ । बाँकी तस्विरमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी