काठमाडौँ । नेपाल राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकको नियम उल्लंघन गरेको भन्दै सरकारी स्तरको राष्ट्रिय वाणिज्य बैंकलाई कारवाही गरिएको हो ।
चालु आर्थिक वर्ष २०८१÷८२ को तेस्रो त्रैमासमा राष्ट्र बैंकको नियामकीय व्यवस्था तथा निर्देशन उल्लंघन गरेको पाइएपछि राष्ट्रिय वाणिज्य बैंकलाई कारवाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार राष्ट्रिय वाणिज्य बैंकले कर्जाको भाखा नाघेको अवधिको आधारमा कर्जाको वर्गीकरण नगरी केन्द्रीय बैंकको नीतिको पालना नगरेको, कर्जा नोक्सानी व्यवस्था र जोखिम भार समेत गणना नगरेको पाइएपछि कारवाही गरिएको हो ।
राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)लाई पहिलो पटकका लागि सचेत गराएको छ । राष्ट्रिय वाणिज्य बैंकसहित राष्ट्र बैंकले अन्य पाँच वाणिज्य बैंकलाई पनि कारवाही गरेको छ । राष्ट्र बैंकको कारवाहीमा पर्नेमा लक्ष्मी सनराइज बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक र नेपाल बैंक लिमिटेड रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्