×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काम खोज्दै १० महिनामा झण्डै ७ लाख युवा विदेशिए

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

काम खोज्दै १० महिनामा झण्डै ७ लाख युवा विदेशिए

Artha Sarokar

१५ जेष्ठ २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काम खोज्दै विदेश जाने नेपालीको संख्या बढेको छ ।  चालु आर्थिक वर्षको १० महिनामा काम खोज्दै ६ लाख ८५ हजार ९ सय २५ जना युवा विदेश गएका हुन् । यो संख्या अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा १२.५० प्रतिशतले धेरै हो ।

वैदेशिक रोजगार विभागका अनुसारका अनुसार अघिल्लो वर्षको सोहि अवधिमा ६ लाख ९ हजार ७०५ जनाले श्रम स्वीकृति लिएर विदेश गएका थिए ।

विभागका अनुसार २०८१ साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९० र मंसिरमा ८४ हजार २२६, जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

यसैगरी, पुसमा ६७ हजार २५८, माघमा ७२ हजार ४४१, फागुनमा, ६८ हजार ९६३, चैतमा ७३ हजार ४०३ र वैशाखमा ७८ हजार ५० जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । विभागका अनुसार यो संख्या नयाँ श्रम स्वीकृति लिएर र पुनः श्रम स्वीकृति लिएर जानेको हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी