Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रिय बीमा कम्पनी र बिशाल बजारलाई कारवाही गर्न नेप्सेलाई निर्देशन

अर्थ सरोकार

काठमाडौँ । हालसम्म लेखापरीक्षण नगरेको भन्दै महालेखा परीक्षकको कार्यालयले बिशाल बजार र राष्ट्रिय बीमा कम्पनीलाई कारवाही गर्न नेप्सेलाई निर्देशन दिएको छ । महालेखाले लेखापरीक्षण नहुँदा वित्तीय अवस्थाका बारेमा जानकारी नभएको भन्दै यी दुई कम्पनीलाई कारवाही गर्न निर्देशन दिएको हो ।

प्रचलित सूचीकरण नियमावली अनुसार सूचीबद्ध कम्पनीहरूले वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको ५ महिनाभित्र तथा त्रैमासिक प्रतिवेदन ३० दिनभित्र नेपाल स्टक एक्सचेञ्जको वेबसाइटमा अपलोड गर्नुपर्ने व्यवस्था छ । तर यस्तो व्यवस्थालाई अटेर गरेको पाइएपछि दुई कम्पनीलाई कारवाहीको निर्देशन दिईएको हो ।

महालेखाको निर्देशनपछि दुई कम्पनीलाई नेप्सेले आवश्यक कारवाही गर्ने तयारी गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK