काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक ५.२१ अंकले घटेर २६७४.७६ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३३७ कम्पनीको १ करोड ७१ लाख ६० हजार ६२५ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ७ अर्ब ५८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ६४ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा ओम मेगाश्रीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।
यता, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।