काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबार नेप्से परिसूचक १९.३० अंकले बढेर २६२८.३६ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३२४ कम्पनीको १ करोड ६२ लाख ५ हजार ५५८ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ७ अर्ब ३५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार राधी विद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ५९ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबारको बजारमा सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।