×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार ६२.२५ अंकले बढ्यो नेप्से परिसूचक, १० अर्ब ५१ करोडमाथिको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बुधबार ६२.२५ अंकले बढ्यो नेप्से परिसूचक, १० अर्ब ५१ करोडमाथिको कारोबार

Artha Sarokar

२४ बैशाख २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साताको कारोबारको चोथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबार नेप्से परिसूचक ६२.२५ अंकले बढेर २६७३.६९ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३०८ कम्पनीको २ करोड ७२ लाख ४५ हजार ४५९ कित्ता सेयर खरिद बिक्री हुँदा रू. १० अर्ब ५१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सानिमा माई हाइड्रोपावर लिमिटेडको भएको छ । यस कम्पनीको ५९ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ । बुधबारको बजारमा नेपाल माइक्रो इन्स्योरेन्ससहित दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, न्यादी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी