काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक टुच्च बढेको छ । मंगलबार नेप्से परिसूचक ०.८५ अंकले बढेर २६७५.६२ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३१८ कम्पनीको १ करोड ४२ लाख ९९ हजार ३९४ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ६ अर्ब ५२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार यूनिभर्सल पावर कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ६३ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबारको बजारमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्टसहित आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्