काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्तले वर्तमान सीइओ भोराज बश्यालको कार्यकाल नवीकरण नगर्ने भएको छ । नव नियुक्त सञ्चालकहरुले सिइओ बश्यालको कार्यकाल नवीकरण नगर्ने र अर्को सीइओ ल्याउने तयारी गरेका हुन् । जसका लागि केहि व्यक्तिहरुसँग सल्लाहसमेत सुरु भईसकेको कम्पनीका एक सञ्चालकले अर्थ सरोकारलाई बताए ।
बस्यालको कार्यकाल केही महिनामा सकिँदैछ । ‘बश्यालजीको कार्यकाल साउन अन्तिमतिर सकिँदैछ । अव उहाँबाट कम्पनी चल्दैन । त्यसैले अर्को सीइओ ल्याउने तयारीमा छौँ ।’ लघुवित्तका एक सञ्चालकले अर्थ सरोकारसँग भने, ‘केही व्यक्तिहरूसँग सिइओको अफरसमेत गरिसकेका छौँ ।’
उनका अनुसार सेयर बजारमा चलखेल गरेको आरोपमा सीइओको समेत मिलेमतो हुन सक्ने भन्दै विभिन्न निकायमा उजुरीसमेत परेकाले बस्यालका विषयमा अनुसन्धान हुने हुनाले पनि उनलाई सिइओ पदमा राखिराख्न ठिक नहुने निष्कर्षका साथ नयाँ सिइओको खोजी भएको हो । ‘ एक त उहाँमाथि अनुसन्धानको कुरा छ । अर्कोतर्फ उहाँको पर्फर्मेन्स पनि गतिलो भएन । सोही कारणले उहाँको विकल्प खोजिएको हो ।’ ती सञ्चालकले अर्थ सरोकारसँग भने ।
गलत वित्तीय विवरण प्रकाशन गरेर सेयर बजारमा चलखेल गरेको भन्दै लघुवित्तका तत्कालीन अध्यक्ष र सिइओ बस्यालमाथि धितोपत्र बोर्डले अनुसन्धान सुरु गर्दैछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्