काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले पदभार ग्रहण गरेका छन् । बुधबार सर्वोच्च अदालतमा आयोजित समारोहमा पद तथा गोपनियताको सपथ लिएपछि गभर्नर पौडेल राष्ट्र बैंकको कार्यालय बालुवाटार पुगेर पदभार ग्रहण गरेका हुन् ।
गभर्नरलाई स्वागत गर्न राष्ट्र बैंकका कर्मचारी फुलमाला लिएर लामबद्द भएर बसेका थिए ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको थियो । तस्विरमा हेर्नुहोस् राष्ट्र बैंकमा गभर्नरको स्वागत: