काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले जेठ १८ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको हो । बैंकले ७ वर्षे अवधिको ‘६ प्रतिशत निफ्रा उर्जा ऋणपत्र २०८८-८९’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गर्न लागेको छ । जसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ भने बाँकी २० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । एक लाख इकाई ऋणपत्र भने सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको बैंकले जनाएको छ ।
उक्त ऋणपत्रमा वार्षिक ६ प्रतिशत ब्याजदर दिने बैंकले जनाएको छ । सो ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । आवेदन भने जेठ २१ गतेसम्म दिन सकिनेछ । उक्त अवधिमा सबै ऋणपत्र बिक्री नभएमा असार १ गतेसम्म बिक्री खुला गरिने बैंकले जनाएको छ ।
ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्