×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

९ महिनामा ३४ अर्बबढी सेयर धितो कर्जा प्रवाह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

९ महिनामा ३४ अर्बबढी सेयर धितो कर्जा प्रवाह

Artha Sarokar

९ जेष्ठ २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो ९ महिनामा बैंक तथा वित्तीय संस्थाबाट ३४ अर्बबढी सेयर धितो कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार साउनदेखि चैतसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाबाट ३४ अर्ब २ करोड ८३ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको हो ।

जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३७.८ प्रतिशतले बढी हो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार ९ महिनाको अवधिमा २५ देखि ५० लाखसम्मको सेयर कर्जा १५.१४ प्रतिशत र २५ लाख रुपैयाँभन्दा कमको कर्जा ८.६ प्रतिशतले बढेको छ । सोही अवधिमा १ करोड रुपैयाँभन्दा बढीको कर्जा ५१. ४ प्रतिशत र ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा भने १९.४ प्रतिशतले बढेको देखाएको छ ।

चालु आर्थिक वर्षको सुरुदेखि नै सेयर कर्जा बढिरहेको छ । तर, सेयर कर्जा बढेको अनुपातमा सेयर बजार भने बढ्न सकेको छैन । लगानीकर्ताले बैंकबाट सेयर कर्जा लिएर सेयर बजारमा नभई अरु क्षेत्रमा लगानी गरेका कारण बजार बढ्न नसकेको अनुमान गरिएको छ ।

हाल राष्ट्र बैंकले व्यक्तिगत लगानीकर्ताका लागि सेयर कर्जामा १५ करोडको सीमा लगाएको छ भने संस्थागत लगानीकर्ताका लागि यस्तो सीमा हटाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी