Skip to content
LAXMI SUNRISE BANK

अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेश गरेपछि संसद् बैठक स्थगित, साँझ ५ बजे पुनः बैठक बस्ने ! 

अर्थ सरोकार

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । दिउँसो १ः३० बजे बस्ने भनिएको बैठक केहीबेर ढिला गरी बसे पनि बैठक पुनः ५ बजे बस्नेगरी स्थगित भएको हो । 

बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गरेपछि बैठक स्थगित भएको छ । 

बैठक आजै (बिहीबार) ५ बजे पुनः बस्नेगरी स्थगित गरिएको सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK