काठमाडौँ । नेकपा एमालेले आयोजना गरेको गणतन्त्र उत्सवका लागि विभिन्न ठाउँबाट झाँकीसहितको र्याली कार्यक्रमस्थल भृकुटीमण्डप पुगिरहेको छ ।
गणतन्त्र उत्सव र्याली पद्मकन्या क्याम्पस, बागबजार अगाडिबाट, अनामनगरसहित विभिन्न स्थानबाट आ–आफ्नो भेसभुसा,सांस्कृतिक झाकी र्यालीसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा पुगेका हुन् ।
११ः०० बजेदेखि २ः०० बजेसम्म भृकुटीमण्डपमा विशेष कार्यक्रम गर्ने एमालेको तयारी छ । बाँकी तस्विरमा हेर्नुहोस्: