काठमाडौँ । विपी राजमार्ग हुँदै तराइ जाने र पहाड उक्लिने जुनै पनि गाडीले एकछिनको लागि मात्रै भए पनि रोकिने ठाउँ हो सिन्धुलीको खनियाँखर्क । जुनार र सुन्तला बिक्रीको लागि निकै प्रख्यात रहेको खनियाँखर्कको पसलहरुको लहरहरुमा छ खुवा वा कुराउनी पसल ।
खनियाँखर्क वरिपरि रहेका गाउँबाट संकलन गरिएको दुधबाट विकास देवकोटाले चलाएको सिन्धुली खुवा उद्धयोगले यो बाटो हुँदै जाने जो कोहीको पनि ध्यान तान्छ । झण्डै २ दशकदेखि खुवा व्यवसाय गरिरहेका विकास देवकोटाले यो उद्धयोगमा अहिले ३ जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिइरहेका छन् ।
‘दैनिक रुपमा झण्डै १० किलो जति खुवा बिक्री हुने गरेको छ । बाटो पर्दा यात्रुहरु ओर्लिएर यहाँ खुवा किनेर लैजानुहुन्छ । कहिलेकाँही त माग धान्न पनि गाह्रो हुन्छ ।’ देवकोटाले भने ।
ग्राहकहरुको रोजाइ अनुसार उनको यस उद्धयोगले तातो र सेलाएको खुवा दिने गरेको छ । तत्कालै खानको लागि उनी आफ्ना ग्राहकहरुलाई तातो खुवा दिन्छन् भने अन्यत्रै लैजानको लागि सेलाएको दिने गरेको उनले बताए । बाँकी तस्विरमा हेर्नुहोस्: