Skip to content
LAXMI SUNRISE BANK

निर्देशन नटेरेपछि राष्ट्र बैंकको कारवाहीमा पर्यो स्ट्यान्डर्ड चार्टर्ड बैंक, १४ करोड ८५ लाख नगद जरिवाना ! 

अर्थ सरोकार

काठमाडौँ । स्ट्यान्डर्ड चार्टर्ड बैंक राष्ट्र बैंकको कारवाहीमा परेको छ । नियामकीय व्यवस्था र निर्देशन उल्लंघन गरेको पाइएपछि बैंकलाई राष्ट्र बैंकले कारवाही गरेको हो । 

बैंकले कृषि, उर्जा र लघु एवम् साना तथा मझौला व्यवसायमा तोकिएको अनुपातमा कर्जा लगानी नगरेपछि कारवाही गरिएको राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकका अनुसार स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई कारवाहीस्वरुप नगद जरिवाना गरिएको छ । बैंकलाई १४ करोड ८५ लाख २५ हजार ५ सय ६७ रुपैयाँ नगद जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ । 

स्ट्यान्डर्ड चार्टर्ड बैंकसहित राष्ट्र बैंकले नियम उल्लंघन गर्ने पाँच बैंक तथा वित्तीय संस्थालाई कारवाही गरेको छ । कारवाहीमा पर्नेमा लक्ष्मी सनराइज बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कुमारी बैंक रहेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK