काठमाडौँ । सिटिजन्स ब्रोकर (ब्रोकर नम्बर ९१) मा प्रमुख कार्यकारी अधिकृत मनिष अर्यालले राष्ट्र बैंकमा पिएचडी गरेको व्यक्ति गभर्नर हुँदा सेयर लगानीकर्ता खुसी भएको बताएका छन् । नयाँ गभर्नरको विषयमा प्रतिक्रिया दिँदै अर्यालले यस्तो बताएका हुन् ।
उनले अहिले राष्ट्र बैंकले विज्ञ व्यक्ति गभर्नर पाएको बताएका छन् । विज्ञता अनुसार नै काम गर्न सके डा. विश्वनाथ पौडेलको गभर्नरको कार्यकाल स्वर्णिम बन्न सक्ने अर्यालको भनाई छ ।
‘डा. विश्व पौडेल गभर्नरका लागि सक्षम अनुहार हो । उहाँ गभर्नर बन्दा सेयर लगानीकर्ताहरु पनि उत्साहित छन् ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै अर्यालले भने, ‘अब अर्थतन्त्रसँगै सेयर बजार पनि चलायमान हुने नीति आउँछ भन्ने अपेक्षा छ ।’
त्यस्तै, अर्यालले अब सेयर धितो कर्जामा लगाइएको क्याप हटाउनुपर्ने सुझाव समेत दिएका छन् । उनले हाल बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिएकाले बैंक तथा वित्तीय संस्थामा थुप्रिएर बसेको पैसा चलायमान बनाउने र सेयर बजारमा पैसा आउनेगरी बाटो खुला गर्ने नीति लिनुपर्नेमा जोड दिएका छन् ।