×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ गभर्नरसँग सेयर बजारका लगानीकर्ता खुसी, काँग्रेसी लगानीकर्ता भन्न थाले -‘देख्यौ ? जे गर्छ काँग्रेसले राम्रो गर्छ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नयाँ गभर्नरसँग सेयर बजारका लगानीकर्ता खुसी, काँग्रेसी लगानीकर्ता भन्न थाले -‘देख्यौ ? जे गर्छ काँग्रेसले राम्रो गर्छ’

Artha Sarokar

११ जेष्ठ २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मौद्रिक नीतिको समिक्षामार्फत सेयर लगानीकर्ता खुसी हुनेगरी नेपाल राष्ट्र बैंकले सेयर कर्जामा जोखिम भार घटाईदिएपछि सेयर लगानीकर्ता खुसी भएका छन् । सेयर लगानीकर्ताका फेसबुक पोष्टले उनीहरु खुसी देखिएको प्रष्ट संकेत गर्छ ।

त्यसमाथि पनि काँग्रेसी सेयर लगानीकर्ता त राष्ट्र बैंकको निर्णयबाट थप खुसी भएका छन् । बजारमा पनि माहोल बन्ने र राष्ट्र बैंकमा कांग्रेसी नेता गभर्नर बनेर आएपछि सबै कुरा विस्तारै राम्रो हुन्छ भन्ने सन्देश जाने भएपछि उनीहरु खुसी देखिएका हुन् ।
अर्थ सरोकारसँग कुराकानी गर्दै काँग्रेसी नेतामाझ राम्रो पहुँच भएका एक ठुला लगानीकर्ताले अव काँग्रेसकै निर्देशनमा गभर्नरले बजारमैत्री अन्य निर्णय पनि गर्ने दाबी गरेका छन् ।  देख्यौ ? जे गर्छ काँग्रेसले राम्रो गर्छ । विस्तारै १५ करोडको क्याप पनि हट्नेगरी काँग्रेसको तर्फबाट निर्देशन जाँदैछ । अव सेयर बजारमा राम्रै राम्रो हुन्छ ।’
नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेल काँग्रेस नेता हुन् । उनी यसअघि काँग्रेसका तर्फबाट चितवन क्षेत्र नम्बर १ मा चुनाव उठेर उपविजेता बनेका थिए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी