काठमाडौँ । सरकारले अध्ययनका लागि दक्षिण कोरिया जाने विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) नदिने भएको छ । मंगलबार एक सूचना जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एनओसी स्थगित गरेको जनाएको छ ।
एनओसी स्थगित गर्दै मन्त्रालयले अब डी टू र डी फोर भिसा नियमन गर्न कार्यदल गठन गर्ने र कार्यदलले दिने प्रतिवेदनका आधारमा थप निर्णय लिइने जनाएको छ ।
हाल भने मन्त्रालयले सूचनामार्फत दक्षिण कोरियामा डी टू र डी फोर भिसामा भाषा तथा स्नातक अध्ययन गर्न जाने विद्यार्थीलाई एनओसी दिन स्थगित गरिएको उल्लेख गरेको छ ।
भाषा तथा अध्ययनका लागि भन्दै कोरिया जाने तर सुरुदेखि नै रोजगारीमा बढी प्राथमिकता दिँदा अध्ययनको निरन्तरतामा समस्या आउने, पैसा कमाउनेतर्फ लाग्नेहरुले स्टडी आवर कम भएका विश्वविद्यालयमा भर्ना हुने र कोरिया सरकारले कालोसूचीमा राखेका विश्वविद्यालयमा समेत विद्यार्थी पठाउने गरेको भन्दै तत्कालका लागि सरकारले एनओसी स्थगित गरेको जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्