काठमाडौँ । सेयर बजारका लगानीकर्ता रोहन कार्कीले नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर डा. विश्व पौडेलले सेयर बजारलाई ‘सरप्राइज्ड गिफ्ट’ दिएको प्रतिक्रिया दिएका छन् । उनले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत ५० लाख भन्दा माथिको सेयर धितो कर्जामा १२५ को जोखिम भार घटाएर १०० बनाउने निर्णय गरेर गभर्नर पौडेलले बजार र लगानीकर्ता दुवैलाई ‘सरप्राइज्ड गिफ्ट’ दिएको बताएका हुन् ।
विगत लामो समयदेखि सम्बोधन नभएको सेयर धितो कर्जामा जोखिम भार घटाउने सेयर लगानीकर्ताको माग नयाँ गभर्नर आउनेबित्तिकै सम्बोधन हुनु बजारका लागि ‘सरप्राइज्ड’ मात्र नभएर ‘पोजेटिभ’ भएको पनि कार्कीले बताएका छन् ।
यसो त पोलिसीकै कारण ‘कन्फिडेन्स’ नहुँदा सेयर बजार लामो समय साइडवेजमा रहे पनि नयाँ गभर्नरको नियुक्तिपछि उनले बजारप्रति दिएका अभिव्यक्ति र मौद्रिक नीतिको समीक्षामा गरेको बजारमैत्री निर्णयले बजारको कन्फिडेन्स फेरि फर्किएको कार्कीको भनाई छ । ‘कन्फिडेन्स नहुँदा बजार लामो समय साइडवेजमा गयो ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘नयाँ गभर्नरको नियुक्तिले बजारको कन्फिडेन्स फर्किएको छ । लगानीकर्ताहरु पनि खुसी छौँ ।’
अर्कोतर्फ सेयर बजारका लागि विगतमा लिइएका अप्ठ्यारा नीति खुकुलो पार्ने प्रशस्तै ठाउँ भए पनि मौद्रिक नीतिको समीक्षाबाटै सुरुवात हुनु बजारका लागि राम्रो पक्ष रहेको कार्कीले बताएका छन् ।
‘सेयर बजारका लागि गर्नुपर्ने धेरै छ । जोखिम भार घटाउने मात्र होइन, लघुवित्तको लाभांशमा लगाइएको १५ प्रतिशतको क्याप, सेयर कर्जामा लगाइएको १५ करोडको क्याप हटाउने लगायतका धेरै काम हुन बाँकी छन् ।’, कार्कीले भने, ‘तथापि मौद्रिक नीति आउन बाँकी नै छ । तर नयाँ गभर्नर आउनेबित्तिकै केही दिएमा आएको मौद्रिक नीतिको समीक्षामा गरिएको बजारमैत्री निर्णयले सबै लगानीकर्ता उत्साहित छौँ ।’
त्यस्तै, लगानीकर्ता कार्कीले राष्ट्र बैंकका नयाँ गभर्नर डा. विश्व पौडेल अध्ययन, अनुभव र कार्यशैलीका आधारमा पनि योग्य व्यक्ति भएकाले आगामी दिनमा थप सहज नीति आउनेमा विश्वास व्यक्त गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्