काठमाडौँ । काठमाडौं उपत्यका अहिले ज्याकारान्डा फुलेर बैजनी रंगको बनेको छ । सडक किनारमा ढकमक्क फुलेको ज्याकारान्डाले शहरको सौन्दर्य त बढाएको छ नै, मानिसहरुलाई मन भुलाउने माध्यम पनि बनेको छ ।
फूल हेरेर रमाउनेदेखि फोटो खिच्ने तथा भिडियो बनाउनेहरु थुप्रै देखिन्छन् । कतिपयले ज्याकारान्डाको बैजनी रंगसँग मिल्ने कपडामा सजिएर टिकटक बनाउने गरेको देखिन्छ । सडक किनारमा मात्र नभई निर्माणाधीन पुलमाथि समेत चढेर जोखिम मोलेर दृश्य कैद गरिरहेका देखिन्छ ।
पैसा लिएर ज्याकारान्डाको पृष्ठभूमिमा फोटो र भिडियो खिचिदिने व्यावसायिक फोटोग्राफरले समेत राम्रो आम्दानी गरिरहेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्: