काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले सरकारले लिने ऋणमा पनि व्यापक भ्रष्टाचार र कमिसनको खेल हुने गरेको बताएका छन् । उनले वैदेशिक तथा आन्तरिक ऋणमा चुर्लुम्म डुबेको देशमा ऋणमा पनि भ्रष्टाचार हुने गरेको बताएका हुन् ।
नेपालको बाह्य र आन्तरिक ऋण गरी करिब २६ खर्बमध्ये आधा आन्तरिक र आधा वैदेशिक ऋण रहेको छ । साथै नेपाल सरकारले प्रत्येक वर्ष साँवा र ब्याज गरी करिब ३ खर्ब भुक्तानी गर्दै आएको छ । यो तथ्यले मुलुकको वर्तमान अवस्थाको उजागर गर्ने बस्नेतको भनाइ छ ।
सरकारको गलत नीति र नियतले गर्दा बजेट समयमै खर्च नहुने, विकास निर्माणका परियोजनाहरु समयमा सम्पन्न नहुने र शिक्षा तथा स्वास्थ्य क्षेत्रका महत्वपूर्ण लगानीहरुले समयमा खोजेको परिणाम दिन नसक्ने अवस्था रहेको पनि बस्नेतले बताएका छन् ।
‘संघ तथा प्रदेश सरकारले प्रत्येक वर्ष ७० देखि ८० प्रतिशतको बीचमा मात्र खर्च गर्ने गरेको देखियो । नेपाल सरकारको सार्वजनिक खरिद ऐन तथा नियमावलीको प्रावधानअनुसार खर्च गर्नुपर्ने कारणले खर्च गर्ने प्रक्रियामा संलग्न पदाधिकारीको ढिलासुस्ती, समयमा प्रक्रिया नबढाउने तथा कमिसनको खेलको कारणले सञ्चालित परियोजनाहरु अधुरै रहने गरेको पार्टीको ठहर छ ।’, उनले भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्