काठमाडाैं । कलंकी-नागढुंगा सडक खण्ड अन्तर्गत थानकोट चेकपोस्ट नजिकै बलम्बुमा बनिरहेको फ्लाइओभरको काम लगभग सकिएको छ ।
मूल सडककोबीच लेनबाट नयाँ खोलिएको सडकतर्फ घुमाउरो ब्रिज (फ्लाइओभर) मा अहिले कालोपत्रे भइरहेको छ । यो फलाइओभरले नागढुंगा सुरुङमार्ग (सिस्नेखोला-टोटीपाखा)को पहुँचमार्गलाई कलंकी–नागढुंगा सडकसँग जोड्नेछ ।
यो फ्लाइओभर १२८ मिटर लामो छ । मूल सडकतर्फ फ्लाइओभरमा जोड्न २८० मिटरको र्याम्प बनाइएको भने पहुँच मार्गतर्फ २१० मिटरको र्याम्प तयार गरिएको छ । बीचमा १२८ मिटरको फ्लाइओभर ब्रिजसहितको संरचना तयार पारिएको छ ।नागढुंगा सुरुङमार्ग पनि फिनिसिङको काम भइरहेको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्