Skip to content
LAXMI SUNRISE BANK

पर्यटकले गुलजार अन्नपूर्ण आधार शिविर (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा पर्ने अन्नपूर्ण हिमाल आधार शिविर जाने पर्यटकको चहलपहल बढेको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकका कारण आधार शिविर गुलजार बनेको छ ।

आरोहीहरु आधार शिविर क्षेत्रमा टेन्ट टाँगेर बसेका छन् । आरोहण टोलीका साथै आन्तरिक पर्यटकहरुको पनि आधार शिविरमा आगमन शुरु भएको नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङले जानकारी दिए । समुन्द्र सतहदेखि चार हजार एक सय मिटर उचाइमा रहेको आधार शिविरमा आरोहीका साथै घुमघामका लागि आन्तरिक पर्यटकहरु पनि आउने गर्छन् ।

मिस्त्री खोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । नारच्याङदेखि दुई घण्टा गाडीमा यात्रा गरेपछि पुगिने हुमखोलादेखि दुई दिनमा आधार शिविर पुग्न सकिन्छ ।

छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा परेको छ । अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रंगको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो । बाँकी तस्विरमा हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK