काठमाडौँ । मौद्रिक नीतिको समीक्षामा सेयर कर्जाको जोखिम भार घटेर आएपपछि यतिबेला सेयर लगानीकर्ता उत्साहित छन् । अधिकांश लगानीकर्ताले यसलाई अबको बुलको अर्को प्रस्तान बिन्दुका रुपमा लिएका छन् ।
तर, यही समयमा बजारमा दुईथरी लगानीकर्ताका दुईथरी मनोविज्ञान देखिएको छ । एकथरी लगानीकर्ता अब पाएसम्म सेयर किन्ने र सेयर कर्जाको जोहो गर्ने लाइनमा छन् भने अर्काथरी लगानीकर्ता बढेको समयमा आफ्नो घाटा रिकभर गर्न वा नाफा बुक गर्ने तयारीमा छन् ।
नयाँ गभर्नरको नियुक्तिका समयमा पनि बजारमा यस्तै दृश्य देखिएको थियो । सो दिन सुरुवातमा ह्वात्तै बढेको थियो भने पछि बजार घटेर बन्द भएको थियो । सुरुमा सेयर किन्ने लगानीकर्ता हाबी भए पनि पछिल्लो समय नाफा बुक गर्ने लगानीकर्ता हावी हुँदा बजार घटेर बन्द भएको थियो ।
सोमबारको बजारमा पनि एकथरी लगानीकर्ताले पोजेटिभ सर्किटको आशा राखेका छन् भने अर्काथरी लगानीकर्ताले गभर्नर नियुक्तिकै दिनजस्तो दृश्य देखिनसक्ने दाबी गरेका छन् । यध्यपी अवको बजार अब माथि नै जानेमा दुबैथरी लगानीकर्ताले आशा राखेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्