काठमाडौँ । अमेरिकाले थप ७ जना नेपालीलाई देश निकाला गरेको छ । कागजात बिना अवैध रुपमा अमेरिकामा बस्दै आएका उनीहरुलाई अमेरिकाले देश निकाला गरेको हो ।
अमेरिकी अध्यागमनले उनीहरूलाई नेपाली दूतावासबाट ट्राभल डकुमेन्ट बनाएर एयर इन्डियाको विमानबाट यसै साता नेपाल पठाएको छ ।
निष्कासन पर्नेमा चार जना अवैधरूपमा बसोबास गरिरहेका थिए । त्यस्तै, एक जना अवैधरूपमा अमेरिका प्रवेश गरेका थिए भने दुई जनाले अमेरिकी अध्यागमन कानुनको उल्लंघन गरेका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीति लागू भएपछि नेपालीहरू निष्कासनमा पर्ने क्रम बढेको छ । अमेरिका प्रवेश गरी लुकिछिपी बस्ने थुप्रै नेपालीहरु हरेक हप्ता जसो अमेरिकाबाट नेपाली फिर्ता भईरहेका छन् ।