काठमाडौँ । गर्मीको मौसम तीव्र हुँदै जाँदा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा खरबुजाको व्यापारमा उल्लेखनीय वृद्धि भएको छ । एक व्यापारीका अनुसार हाल दैनिक एक हजार किलोग्रामसम्म खरबुजा बिक्री भइरहेको छ ।
नेपालमा उत्पादित खरबुजा कालीमाटी बजारमा प्रतिकिलो ४० देखि ४५ रुपैयाँमा बिक्री भइरहेको छ भने भारतबाट आयातित खरबुजा प्रतिकिलो ५० रुपैयाँमा उपलब्ध छ । तातो मौसमसँगै शीतल खानेकुरा रोज्ने उपभोक्ताको संख्या बढेपछि खरबुजाको माग उच्च भएको व्यापारीहरू बताउँछन् ।
स्थानीय उत्पादन र गुणस्तरका आधारमा खरबुजाको मूल्यमा केही भिन्नता देखिएको छ । खरबुजा पोटासियम, भिटामिन ए र सि जस्ता पोषक तत्वले भरिपूर्ण हुने भएकाले स्वास्थ्यका दृष्टिले पनि उपयुक्त मानिन्छ । गर्मीमा शरीरलाई चिसो राख्न मद्दत गर्ने भएकाले यसको खपत अझै बढ्ने अनुमान गरिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्