×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ गभर्नरले सेयर बजारमा कस्तो असर पर्ला ? के भन्छन् ब्रोकर र लगानीकर्ता ? (भिडियोसहित) 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नयाँ गभर्नरले सेयर बजारमा कस्तो असर पर्ला ? के भन्छन् ब्रोकर र लगानीकर्ता ? (भिडियोसहित) 

Artha Sarokar

११ जेष्ठ २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कुनै बेला समय यस्तो आयो, कि नेपाल राष्ट्र बैंक भन्ने बित्तिकै सेयर लगानीकर्ताहरुले खानदानी दुश्मन सम्झन्थे । बरु पोइल जाने श्रीमती र तिनका नयाँ श्रीमानको नाम सुन्दा रिस उठ्दैनथ्यो होला, सेयर लगानीकर्ताहरुलाई महाप्रसाद अधिकारीको नाम सुन्नेबित्तिकै वाकवाकी लाग्थ्यो । समय यस्तो पनि आयो, राष्ट्र बैंक अगाडि सेयर लगानीकर्ताका धर्ना चल्यो, राष्ट्र बैंक भन्ने बित्तिकै लगानीकर्ताहरुलाई भाउन्न हुन्थ्यो ।

हुन पनि राष्ट्र बैंकले समय र परिस्थितिका नाममा लगानीकर्ताहरुको हरिबिजोग बनाएकै थियो । हामीले सेयर बजार हेर्ने होइन भन्ने, तर सेयर बजारप्रति पूर्वाग्रही हुने गभर्नर महाप्रसादको पाराले सारा सेयर लगानीकर्ताहरुले दुख पाएका थिए ।

HIGHLIGHTSकुनै बेला सेयर बजारमा आफ्नो सकारात्मकताको मिठो सन्देश दिएका डा. विश्वनाथ पौडेल गभर्नर भएका छन् । र लगानीकर्ताहरु यसमा खुसी देखिएका छन् ।

अहिले परिस्थिति फेरिएको छ । कुनै बेला सेयर बजारमा आफ्नो सकारात्मकताको मिठो सन्देश दिएका डा. विश्वनाथ पौडेल गभर्नर भएका छन् । र लगानीकर्ताहरु यसमा खुसी देखिएका छन् । डाक्टरसापले राम्रो नगरे पनि नराम्रो गर्दैनन् भन्ने छ धेरै लगानीकर्ताहरुलाईकेहि थप राम्रो गर्नेछन् भन्ने आशा छ धेरै सेयर लगानीकर्ताहरुलाई । र त बजारमा माहोल बन्दैछ, सायद यो माहोल नै बजारको नयाँ पिकको सुरुवातबिन्दु हुन सक्छ ।

डा. विश्वनाथ पौडेलको गभर्नर कार्यकाल सेयर बजारका लागि पनि सुनौलो बनोस् । गभर्नर भनेपछि महाप्रसादको नाम सुनेर दाह्रा किट्नेहरुले अव गभर्नर भन्ने बित्तिकै विश्वनाथको नाम लिएर मुस्कुराउँदै डाली पिटुन । सके राम्रो गरुन्, नसके नराम्रो नगरून् । कार्यकर्ता वा राजनीतिक आस्था जतासुकै होस्, डाक्टर विश्व नाथ पौडेल सारा नेपालीका साझा, राम्रा र हाम्रा गभर्नर बनून् (भिडियो)

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी