काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् । आगामी आर्थिक वर्षको बजेट आएसँगै बजेटमा लगानीकर्ताका लागि के-के आयो भन्ने चासो धेरैलाई छ । आखिर बजेटमा सेयर लगानीकर्ताका लागि के-के आयो ?
१. नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को पुनर्संरचना गरी संस्थागत क्षमता अभिवृद्धि गरिने !
२. पुँजी बजारमा नागरिकको लगानी र हित संरक्षण गर्न धितोपत्र बोर्डको संस्थागत क्षमता सुदृढ गरिने ।
३. धितोपत्र बजारमा सूचीकृत कम्पनी र अन्य संस्थागत लगानीकर्तालाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको स्वपुँजी ऋणपत्र र अन्य धितोपत्रमा लगानी गर्न सहजीकरण गरिने ।
४. कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले प्राइभेट इक्विटी र भेञ्चर क्यापिटलमा लगानी गर्न सक्ने कानूनी व्यवस्था गरिने ! (सम्बन्धित कोष/कम्पनीले नियमावली र लगानी कार्यबिधी संशोधन गरेपछि लागू हुने तर प्रमोटर सेयरमा लगानी बढ्ने !)
५. सरकारी ऋणपत्रको दोस्रो बजारमा कारोबार शुरु गरिने ! (नेप्से र सेबोनले कार्यबिधी बनाएर गर्न सक्ने)
६. गैरआवासीय नेपालीलाई दोस्रो बजारमा कारोबार गर्न अनुमतिको व्यवस्था मिलाइने ।
७. होटेल व्यवशायलाई उध्योगको मान्यता/कर सहुलियत । (तत्काल लागू हुने)
८. नेपाल टेलिकमको ३०% सेयर सरकारले पब्लिकलाई बेच्ने । (प्रक्रिया तय हुन बाकी, यदी एफपिओमार्फत बेचेमा आपूर्ति बढने, मूल्य घट्ने )
९. विद्युतीय भुक्तानीमा लाग्ने भ्याट खारेज (कारोबार खर्च घट्ने)
१०. जलविद्युतमा जलाशयमा आधारित प्रोजेक्टलाई प्राथमिकता । हाइड्रोपावरको बिजुली खरिद गरेमा मात्रै भुक्तानी हुने । (अहिले उत्पादन भएपछि खरिद गरेपनी नगरे पनि भुक्तानी हुन्छ ।)