Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमई बैंकको रकम लुट्ने एक व्यक्ति पक्राउ 

अर्थ सरोकार

काठमाडौँ । ग्लोबल आइएमई बैंकको रकम लुट्ने व्यक्ति पक्राउ परेका छन् । गत फागुन १० गते बैंकको मिर्चैया शाखाबाट रकम झिकेर कल्याणपुरको आइएमई मनि ट्रान्सफरका लागि लैजाँदै गर्दा भएको लुटपाटमा संलग्न उदयपुरको त्रियुगा नगरपलिका- १२ का ३० वर्षीय सुजेन्द्र लोहनी पक्राउ परेका हुन् । 

उनलाई सिरहा नगरपालिका-७, खैरटोकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पक्राउ परेका लोहनीसहित चार जनाको समूहले बैंकको मिर्चैयास्थित शाखारहित सेवा (ब्रान्चलेस बैंकिंङ) मा जम्मा भएको रकम कल्याणपुरस्थित मनिट्रान्सफर लैजाँदै गरेको अवस्थामा कर्मचारीको साथबाट पेस्तोल देखाएर ९ लाख रुपैयाँ लुटेका थिए । 

सो बेला रकम लुटेर फरार भएका उनीहरुको खोजी गरिरहेको प्रहरीले अन्ततः घटनामा संलग्न लोहनीलाई पक्राउ गरेको छ । उनीविरुद्ध थप अनुसन्धान र कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK