काठमाडौँ । विश्वकै धनी व्यक्तिको सूचीमा चौथो स्थानमा रहेका जेफ बेजोसले टापु नै भाडामा लिएर विवाह गर्ने भएका छन् । उनले इटालीको ११० वटा टापुहरुमध्ये ऐतिहासिक सहर भेनिसमा विवाह गर्न लागेका हुन् ।
अमेजनका मालिकसमेत रहेका बेजोसको विवाहको विशेष समारोह ५०० अमेरिकी डलरको विशेष जहाजमा गरिने भएको छ । यो जहाज विश्वकै दोस्रो ठूलो जहाज हो ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाए अनुसार बेजोसको विवाहमा २ सय जना पाहुनाका लागि कुल खर्च ४० लाख अमेरिकी डलर हुने अनुमान गरिएको छ । विवाहको अन्य खर्चबारे अन्य विवरण सार्वजनिक गरिएको छैन ।
बेजोस र लरेन सान्चेजको विवाह जुन २४ देखि जुन २६ सम्म हुने अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।