×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जागिर नै दाउमा राखेर सेयर कारोबार गरिरहेका बैंकका कर्मचारीहरुको माग- ‘कारोबार समय सार्नुपर्यो, गाह्रो भयो’ 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

जागिर नै दाउमा राखेर सेयर कारोबार गरिरहेका बैंकका कर्मचारीहरुको माग- ‘कारोबार समय सार्नुपर्यो, गाह्रो भयो’ 

Artha Sarokar

१८ जेष्ठ २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारी कर्मचारी र जापान, कोरिया लगायत विदेशमा बस्ने नेपालीहरुले सेयर कारोबार समय परिवर्तन गर्नुपर्ने माग गरिरहेका बेला विभिन्न बैंकका कर्मचारीहरुले पनि कार्यालय समयपछि सेयर कारोबारको समय राखिनुपर्नेतर्फ जोड दिएका छन् । अहिले कार्यालय समयभित्र कार्यालयको काम नै गर्नुपर्ने र अन्य काममा सहभागी हुनसमेत नहुने गरी बैंकहरुले नियम बनाएको भन्दै उनीहरुले समय परिवर्तन गर्नुपर्ने माग राखेका हुन् ।

‘हामी पनि देशका नागरिक हौँ । पैसा कमाउने र स्वतन्त्र रुपमा कारोबार गर्न पाउनुपर्ने हाम्रो पनि अधिकार हो । तर, अहिले कार्यालय समयभित्र मात्र सेयर कारोबार गर्नुपर्ने हुनाले कि समय कारोबार समय केही थपिनुपर्यो, कि परिवर्तन हुनुपर्यो ।’ सिद्धार्थ बैंकमा कार्यरत एक कर्मचारीले अर्थ सरोकारसँग भने ।

यता कतिपय बैंकरहरुले सेयर कारोबार गर्नका लागि ट्वाइलेट गएको बहाना गर्नुपर्ने वा खाजा समयमा कारोबार गर्नुपर्ने बाध्यता रहेको दुखेसो पोख्छन् । ‘गर्न त कारोबार गरिएकै छ । तर कि खाजा खाने समयमा गर्नुपर्छ, कि ट्वाइलेट गएको बहाना बनाएर कारोबार गर्नुपर्छ । पूरा रुपमा बजार हेर्न पनि राम्रोसँग पाइन्न । त्यसैले सेयर कारोबारको समय पछिसम्म सार्दा वा परिवर्तन गर्दा राम्रो हुन्छ ।’

अहिले देशभर हजारौंको संख्यामा बैंकरहरु सेयर कारोबारमा संग्लग्न छन् । विहान ११ बजे देखि ३ बजेसम्म बजार खुल्ने हुनाले एकातर्फ उनीहरुले सेयर कारोबार गर्दा बैंकको काम प्रभावित हुने स्थिति छ भने अर्कोतर्फ उनीहरु सेयर कारोबारमा संलग्न हुन स्वयम् उनीहरुलाई पनि अफ्ट्यारो छ ।

अझ कतिपय बैंकका कर्मचारीहरुले सेयर कारोबार गरेर काम नै प्रभावित पारेको भन्दै राष्ट्र बैंकमा गुनासोसमेत जाने गरेको छ । अहिले विभिन्न बैंकका कर्मचारीहरुले खाजा समय पारेर वा विभिन्न बहानामा लुकीलुकी सेयर कारोबार गरिरहेका छन् । जागिर नै दाउमा राखेर सेयर कारोबार गर्दा उनीहरु पनि खुसी छैनन् ।       

*File Photo

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी