×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बीमाको लोभमा दुवै खुट्टा काटियो, अन्ततः भयो ‘प्लान फेल’, पोल खुलेपछि उल्टै जेल ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बीमाको लोभमा दुवै खुट्टा काटियो, अन्ततः भयो ‘प्लान फेल’, पोल खुलेपछि उल्टै जेल ! 

Artha Sarokar

१२ असार २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ताइवानमा बीमाको करोडौँ रकम हत्याउन आफ्नै खुट्टा काटेको घटना बाहिरिएको छ । ताइवानमा लियाओले बीमाबापत आउने करोडौँ रकमका लागि आफ्नै खुट्टा काट्ने षड्यन्त्र रचेको खुलेको हो । 

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार लियाओले ५ बीमा कम्पनीमा गरेको बीमा बापतको १४ लाख डलर (करिब १९ करोड ३२ लाख) रुपैयाँ हत्याउन आफ्नै खुट्टा काट्ने योजना बनाएका थिए । 

सोही योजना अनुसार उनले आफ्नो खुट्टा १० घण्टासम्म बरफको बाल्टिनमा डुबाएर राखे । १० घण्टासम्म बरफमा खुट्टा राखेपछि उनको खुट्टामा गम्भीर फ्रस्टबाइटका साथै हड्डी पग्लने, सेप्सिसरब्डोमायोलिसिसको समस्या देखा पर्यो । अन्ततः उनको दुवै खुट्टा काट्नु परेको थियो । 

त्यसपछि लियाओले सो घटनालाई राती अबेरसम्म मोटरसाइकल चलाउँदा अत्यन्तै चिसो भएपछि गम्भीर फ्रस्टबाइट भएको र खुट्टा काट्नुपरेको भन्दै दुर्घटना बनाएर बीमा कम्पनीमा बीमा दाबी भुक्तानीका लागि निवेदन दिए । लियाओको दाबी अनुसार पाँचमध्ये एक बीमा कम्पनीले दाबी भुक्तानीसमेत दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

अन्य चार कम्पनीले भने दाबीमा शंका लागेपछि प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले गरेको छानबिनबाट लियाओले जानीजानी बीमा रकमको लोभमा सो घटना घटाएको खुलेको थियो । लियाओसँगै प्रहरीले सो घटनामा संलग्न रहेको आरोपमा उनका साथी झाङलाई समेत पक्राउ गरेको थियो । उनीहरुविरुद्धको मुद्दामा अदालतले दुवैलाई दोषी ठहर गर्दै लियाओलाई ६ वर्ष र झाङलाई दुई वर्षको जेल सजाय सुनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी