काठमाडौँ । बोटलर्स नेपालका संचालक किशोर महर्जन निलम्बित भएका छन् । पतंजली जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दर्ता भएसँगै तत्कालिन सनराइज बैंकका सिइओ समेत रहेका महर्जन बोटलर्स नेपालको संचालक पदबाट निलम्बित भएका हुन् ।
महर्जन सनराइज बैंकमा सिइओ हुँदा पतंजलीको जग्गा धितो राखेर कर्जा दिइएको थियो । तर, उक्त कर्जा चुक्ता भईसकेको बताईएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महर्जनसहित दर्जनौँ बैंकरबिरुद्द भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । उनीहरुले भ्रष्टाचार निवारण एन २०५९ को दफा ९ को मतियार भई भ्रष्टाचार निवारण एन २०५९ को दफा २२ बमोजिमको कसुर गरेको उल्लेख गरिएको छ ।