×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युएई जाने नेपाली श्रमिकको न्यूनतम ज्याला बढाउने निर्णय 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

युएई जाने नेपाली श्रमिकको न्यूनतम ज्याला बढाउने निर्णय 

Artha Sarokar

१० असार २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । श्रममन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा जाने श्रमिकहरुको सुरक्षा र सुविधाको लागि सरकारले काम गरिरहेको बताएका छन् । 

मंगलबार बसेको प्रतिनिधि बैठकमा बोल्दै उनले भर्खरै मात्र युएईमा जाने नेपाली श्रमिकहरुको न्यूनतम ज्याला बढाउने निर्णय भएको बताएका हुन् । 

‘वैदेशिक रोजगारमा जाने श्रमिकको सुरक्षा र सेवा, सुविधाको सुनिश्चित हुनेगरि कामहरु गर्नेछौँ । भर्खरै मात्र युएईमा जाने नेपाली श्रमिकहरुको न्यूनतम ज्याला आठ सयबाट बढाएर हजार दिराम बनाउने निर्णय गरेका छौ ।’, उनले भने, ‘वैदेशिक नीति अनुसार दक्ष र सीपयुक्त नेपालीलाई वैदेशिक रोजगारीको लागि कोरिया, जापानमा अर्धदक्ष र दक्ष कामदार पठाउने गरी निर्णय भएको छ ।’ 

त्यस्तै, मन्त्री भण्डारीले युरोपमा संस्थागत रुपमा श्रमिक पठाउने व्यवस्था गरिनुका साथै उच्च मानवअधिकार भएका देशहरुमा श्रमिक पठाउने तयारी भइरहेको पनि बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी