Skip to content
LAXMI SUNRISE BANK

नयाँ टिएमएस बनाएको डिजिहब गैरकानुनी काममा, २ दिनमै सेयर बिक्री गर्न मिलिरहेको खुलासा !

अर्थ सरोकार

काठमाडौँ । नयाँ टिएमएसबाट सेवा सुरु गरेका ब्रोकरमार्फत दुई दिनमै सेयर बिक्री गर्न मिलिरहेको खुलासा भएको छ । हाल डिजीहबले ल्याएको नयाँ टिएमएसमार्फत ६ वटा ब्रोकर कम्पनीबाट दुई दिनमै सेयर बिक्री गरिरहेको खुलेको हो ।

यसो त पुरानो टिएमएसमार्फत सेयर बिक्री गर्न सेटलमेन्ट भएको तीन दिन पर्खिनुपर्छ । तर, नयाँ टिएमएसमार्फत भने दुई दिनमै सेयर बिक्री गर्न मिलिरहेको छ । 

अर्थात हाल डिजीहबले ल्याएको नयाँ टिएमएस प्रयोग गरिरहेका सेक्योर्ड सेक्युरिटिज (ब्रोकर नम्बर ३६), कालिका सेक्युरिटिज (ब्रोकर नम्बर ४६), डायनामिक ब्रोकर (ब्रोकर नम्बर ४४), प्रज्ञान सेक्युरिटिज (ब्रोकर नम्बर १०), नेपाल स्टक हाउस (ब्रोकर नम्बर १४), एनआईएमबी स्टक मार्केट लिमिटेड (ब्रोकर नम्बर ७५) र अरुण सेक्युरिटिज (ब्रोकर नम्बर ३) मार्फत सेयर लगानीकर्ताले सेयर खरिद गरेको दुई दिनमै बिक्री गरिरहेका छन् । 

नयाँ टीएमएसबाट पुरानोभन्दा १ दिन अगाडि नै सेयर बिक्री गर्न मिल्ने भएपछि सेयर लगानीकर्ताहरुले गुपचुपमा सो सुविधा प्रयोग गरिरहेका छन् । तर, नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले भने त्यसो गर्न नमिल्ने बताएको छ । बरु नेप्सेले उक्त कार्यलाई गैरकानूनी भनेको छ । 

तर, डिजीहबले भने सेयर खरिद गरेको दुई दिनमै बेच्न मिल्नुलाई नयाँ टिएमएसको सुविधाका रुपमा व्याख्या गरेको छ । ‘पुरानो टिएमएसमा सेयर बिक्री गर्न सेटलमेन्ट भएको तीन दिन पर्खिनुपर्थ्यो तर नयाँ टिएमएसमा दुई दिनमै सेयर बेच्न योग्य हुन्छन् ।’, डिजीहबका एक उच्च अधिकारीले भने, ‘यो गैरकानूनी होइन, बरु लगानीकर्ताका लागि सुविधा हो ।’

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK