×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मनपरी भाडा असुल्ने इन्ड्राइभ चालक पक्राउ, कारवाही गरेर छाडियो ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मनपरी भाडा असुल्ने इन्ड्राइभ चालक पक्राउ, कारवाही गरेर छाडियो ! 

Artha Sarokar

१९ जेष्ठ २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । तोकिएको भन्दा बढी भाडा असुलेको भन्दै इन्ड्राइभ चालक पक्राउ परेका छन् । पोखरामा यात्रुसँग बढी भाडा असुलेको गुनासोपछि इन्ड्राइभ चाकलहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो । 

उनीहरुलाई पोखराका विभिन्न ठाउँबाट ८ वटा सवारी साधनसहित नियन्त्रणमा लिएर कारवाही गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका इन्ड्राइभ चालकहरुलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरी छाडिएको प्रहरीले जनाएको छ । हाल पठाओइन्ड्राइभ लगायतका राइड सेयरिङको विरोधमा यातायात व्यवसायीहरुले आन्दोलन गरिरहेका छन् । 

अर्कोतर्फ गण्डकी प्रदेश सरकारले राइड सेयरिङ्गलाई कानूनी मान्यता दिनेगरी नियमावली ल्याएको छ । सोही नियमावलीको विरोधमा यातायात व्यवसायीहरुले सार्वजनिक यातायात पूर्ण रुपमा बन्द गरेर आन्दोलन गरिरहेका छन् । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी