काठमाडौँ । अमेरिकी सहयोग निकाय युएसएड बन्द हुँदा नेपालमा यस निकायले प्रयोग गर्ने सयौ गाडी र मोटसाइकल चोभारस्थित सुख्खा बन्दरगाहमा थन्किएका छन् ।राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयले युएसएडका कार्यक्रमहरु बन्द हुँदा सो गाडी तथा मोटरसाइकल बन्दरगाहमा प्रतिगाडी प्रतिदिन एक सयका दरले बन्दरगाह राखिएको हो ।
नेपालमा युएसएडले स्वास्थ्य, शिक्षा लगायत विभिन्न राम्रो क्षेत्रमा काम गरेतापनि पछिल्लो समय धर्म परिवर्तन, राजनीतिक दाउपेच लगायतका क्षेत्रमा पनि यस निकायले पैसा खर्च गरेको कुरा सार्वजनिक भएको थियो ।
अमेरिकी नागरिकको पैसाको दुरुपयोग भएको निष्कर्ष सहित राष्ट्रपति ट्रम्पले युएसएड बन्द गरेको हो । बाँकी तस्विरमा हेर्नुहोस्: