काठमाडौँ । ‘टेक एण्ड पे-पीपीए’को प्रावधान बजेटबाट हटाएकोमा स्वतन्त्र उर्जा उद्यमीहरुको संस्था नेपाल (इप्पान) ले सरकारलाई धन्यावाद दिएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै इप्पानले सरकारलाई धन्यवाद दिएको हो ।
सरकारले आगामी आर्थिक वर्ष (आव) २०८२/८३ को बजेटमार्फत रन अफ दी रिभर (आरओआर) प्रकृतीका जलविद्युत परियोजनामा टेक एण्ड पे विधिमार्फत विद्युत खरिद सम्झौता गर्ने घोषणा गरेको थियो ।
पहिलेदेखि नै टेक अर पे पीपीएको मोडललाई हटाएर उर्जा उद्यमीलाई संकट तर्फ लैजान खोजेको भन्दै इप्पानले सरकारको उक्त कदमको विरोध गर्दै आएको थियो । टेक एण्ड पे को प्रावधान लागू भएको खण्डमा बैंक तथा वित्तिय संस्थाहरुले कुनैपनि जलविद्युत परियोजनामा लगानी नगर्ने भन्दै निर्माणको विभिन्न चरणमा रहेका १७ हजार ११७ मेगावाट क्षमताका जलविद्युत आयोजनाको भविष्य संकटमा परेको इप्पानको भनाई थियो ।
ति आयोजनाहरुमा निजी क्षेत्रको करिब १ खर्ब ९ अर्ब रुपैयाँ लगानी भइसकेको अवस्था थियो । इप्पानले विभिन्न आन्दोलनका कार्यक्रमहरु घोषणा गरी शान्तिपूर्ण आन्दोलन गर्दै आएको अवस्थामा सरकारले असार ११ मा प्रतिनिधि सभा बैठक मार्फत उक्त निर्णय फिर्ता लिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्